आशिक कार्की
प्रबन्ध निर्देशक, वेद एजुकेशन कन्सलेटनसी’
अहिले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको अवस्था कस्तो छ ?
हामीले विद्यार्थी विदेश जानु भन्दा अगाडि र गए पश्चातको अवस्था हेर्नुपर्ने हुन्छ । अहिले विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया, न्यजिल्याण्ड, जर्मनी, फिनल्याण्ड जस्ता मुलुकहरुमा बढि आकर्षित भएको पाइन्छ । भाषा अध्ययनका निमित्त जापानमा बढि आकर्षित भएको पाइन्छ । अझ अष्ट्रेलिया र जापानमा जाने विद्यार्थीको संख्या धेरै पाउँछौं । समग्रमा हेर्ने हो भने अध्यानकालागि विदेश जाने विद्यार्थीको अवस्था राम्रो छ । अध्यनका लागि विदेश गईसके पछि सजिलो अवश्य पनि छैन । गाह्रो त गाह्रो नै हो । तर पनि त्याँहा गएर गरिने अध्ययन र व्यवहारिक सिकाइमा विद्यार्थी र तिनको अभिभावक निकै सन्तुष्ट हुन्छन् ।
अष्ट्रेलियामा नेपाली विद्यार्थी बढि जानुको कारण के होला ?
अवश्य पनि विदेश जाने र अझ अष्ट्रेलिया जानेको संख्या निकै बढेको छ । यसमा थुप्रै सकारात्मक कारणहरु छन् । सर्वप्रथम त राम्रो, गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको शिक्षाको चाहनाले नै विदेशिनेको संख्या बढी भएको हो । अर्को अष्ट्रेलियामा जानुको कारण त्यस देशमा नेपाली विद्यार्थीका लागि स्टुडेन्ट वेलकमिङ पोलिसी बनाउनाले पनि हो । प्रक्रिया र आवश्यकता पूरा गरेका विद्यार्थीलाई भिसामा धेरै कठिनाई देख्दैनौं । दोश्रो त्याँहा गएका विद्यार्थी र तिनका अभिभावकहरुको माउथ टु माउथ रेफरल । त्यस्तै अष्ट्रेलिया सरकारको अन्तराष्ट्रिय विद्यार्थीका लागि ESOS Act,tution protection services (TPS) जस्ता नियम कानून बनाएको छ । हामी जस्ता एजेण्ट तथा विश्वविद्यालय र कलेजका निमित्त national code २०१८ निमार्ण गरिएको छ । त्यस्तै अष्ट्रेलिया अध्ययन पश्चात पोस्ट स्टडिज वर्कको पनि सुविधा छ । यी कारणले गर्दा अष्ट्रेलिया जाने विद्यार्थी बढेको अनुभव गरेको छु ।
वेद कन्सल्टेनसीबाट विद्यार्थीले के कस्ता सेवा पाउन सक्छन् ?
नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यो संस्थाले सन् २०१० देखि सेवा प्रदान गर्दे आइरहेको छ । हाम्रोमा सबै काउन्सिलरहरु दक्ष,अनुभवि र लामो समय काउन्सिलर भएर काम गरेको हुनुहुन्छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम जस्तैः ISANA, TITI, ENZ, प्राप्त गरिसकेका छन् । यसले गर्दा हामी हरेक विद्यार्थीहरुलाई सही परामर्श दिन सफल छौं । एक वाक्यमा भन्दा वेद शिक्षित व्यक्तिहरुको टिम हो । जुन सही परमार्श दिन सक्षम छन् !
source – educationnewsnepal.