अष्ट्रेलियामा विद्यार्थीका लागि पोस्ट-स्टडी वर्क भिसाको अवधि बढाउन अनुसन्धान अधिकारिहरुको सुझाव

मेलबर्न । अष्ट्रेलियाका डेकिन अनुसन्धानकर्ताहरुले विद्यार्थीहरुका लागि उपलब्ध हुने ४८५ भिसाको प्रभावकारिताको बारेमा अध्ययन गरेका छन् । पोस्ट स्टडी वर्क भिसा अर्थात ४८५ भिसा विद्यार्थीहरुले अष्ट्रेलियाको कुनै युनिभर्सिटीबाट पढाइ सकेपछि त्यहाँ काम गर्न र बस्नको लागि दिइने अस्थायी भिसा हो

अनुसन्धानकर्ताहरुले सरकारलाई ४८५ भिसाको अवधि बढाउन सुझाव दिएका छन् । उनीहरुका अनुसार, अन्य देशका विद्यार्थीहरु अष्ट्रेलियामा पढाइ सकेपछि काम गर्न पाइने, कामको अनुभव लिन पाइने र आर्थिक रुपमा सक्षम भइने भएका कारण नै पढ्नको लागि अष्ट्रेलिया आउने गरेको पाइएको छ । त्यसैले विदेशी विद्यार्थीलाई अष्ट्रेलिया प्रति थप आकर्षित गर्न र दक्ष जनशक्ति प्राप्त गरि अर्थतन्त्रको विकासको लागि लागि ४८५ भिसाको अवधि थप्नुपर्ने उनीहरुको सुझाव ।

अनुसन्धानकर्ताहरुले विद्यार्थीको कामको क्षेत्र र उसको कमाईको आधारमा भिसा अवधि लम्ब्याउन सरकारलाई सुझाव दिएका छन् । विद्यार्थीले आफ्नो पढाइकै क्षेत्रमा कम्तिमा ६ महिनासम्म फुलटाइम गरेको र त्यस वापतको उसको आम्दानीको आधारम भिसा अवधि बढाउनुपर्ने उनीहरुको सुझाव छ ।

अनुसन्धानकर्ताहरुका अनुसार ४८५ भिसामा सबै विद्यार्थीहरुले आफूले पढेकै क्षेत्रमा काम गर्न भने पाएका छन् । यस भिसाको बारेमा युनिभर्सिटीले सल्लाह दिन नपाउने भएका कारण विद्यार्थीहरु गलत सुचनाले गर्दा ठगीमा पर्ने, काममा हिँसामा पर्ने, आफ्नो पढाइको क्षेत्रको काम नपाउने भएका कारण विद्यार्थीहरु मानसिक तनावमा परिरहेको उनीहरुले बताएका छन् । ती अनुसन्धानकर्ताहरुले यस समस्यालाई रोक्नको लागि विद्यार्थीहरुलाई उचित सल्लाहकार र अभिभावकत्वको भूमिका निर्वाह गर्ने निकायको आवश्यकता रहेको समेत बताएका छन् ।Source : SBS News